प्रयाेगात्मक सिकाइकाे लागि कम्प्युटर छ, राख्ने काेठा छैन

पालिका डायरी
२६ माघ २०८०, १०:२५

प्रविधिक तर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर इञ्जिनियरीङ शिक्षा सञ्चालनका रहेकाे मकवानपुरकाे एकमात्रै सामुदायिक विद्यालय देबकी माविमा कक्षाकाेठाकाे अभाव हुँदा प्रयाेगात्मक सिकाइ प्रभावित हुने गरेकाे छ ।

८७६ जना विद्यार्थी अध्ययनरत देबकी माविमा हाल १८ वटा कक्षाकाेठा छन् । प्राविधिकतर्फ कक्षा सञ्चालनकाे लागि ल्याबलगायतकाे भाैतिक पूर्वाधार नहुँदा समस्या रहेकाे विद्यालयका प्रध्यानाध्यापक चन्द्रबहादुर थापाले जानकारी दिए । कक्षाकाेठाकाे अभावमा धेरै  कष्टकर सिकाइ भइरहेकाे उनले बताए ।

‘विद्यार्थीमा रुचि छ तर पूर्वाधारकाे समस्या भयाे’ थापाले भने ‘पास आउट भएर गएका विद्यार्थीहरु काेही पनि बेराेजगार छैनन् याे देख्दा खुसी लाग्छ तर अझै साेचेजत्ति गर्न सकिएकाे छैन ।’ विद्यालयमा भवनकाे अभाव रहेकाेले समस्या भएकाे उनले बताए । ‘कक्षा ६ बाट माथि १२ सम्म २ देखि ३ वटासम्म सेक्सन छ प्रयाेगात्मक कक्षाकाे लागि कम्प्युटर किनियाे तर राख्ने कक्षा काेठा नै छैन’ थापाले भने । कक्षाकाेठा अभाव भएकाेले दाताकाे खाेजीमा रहेकाे उनले बताए ।

विद्यालयमा जाेड दुइतर्फ शिक्षा र मानविकी संकाय अध्यापन गराउँदै आएकाे भने प्राविधिक तर्फ कम्प्युटर इञ्जिनियरिङ पछिल्लाे ४ वर्षदेखि सञ्चालन गरिदै आएकाे छ  ।

४८ औं भेला सम्पन्न, विव्यासकाे लागि ४ सदस्य सर्वसम्मत चयन

देबकी माविकाे ४८ औं भेला सम्पन्न भएकाे छ । भेलामा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले शैक्षिक सुधारकाे लागि गाउँपालिका संधै सकारात्मक रहेकाे बताएका छन् ।

विद्यालयकाे शैक्षिक गुणस्तर सुधारमा व्यवस्थापन समिती, शिक्षक, अभिभावक एक जुट भएर लाग्नु पर्ने र यसकाे लागि अन्य आवश्यकीय सर्त पुरा गर्ने पालिका तयार रहेकाे अध्यक्ष घलानले बताए ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष हस्तबहादुर थिङकाे अध्यक्षतामा भएकाे भेलाले व्यवस्थापन समितीकाे लागि नयाँ नेतृत्व चयन गरेकाे छ । जसमा चित्रबहादुर पुलामी, वीरबहादुर थिङ, प्रमिला वाइवा र सरस्वती सिंङ्तानलाई सर्वसम्मत चयन गरेकाे छ । उक्त ४ जनाकाे समितिले अन्य २ सदस्य मनाेनित गर्ने र उनीहरु मध्येबाट अध्यक्ष चयन गरिने विद्यालयका प्रध्यानाध्यापक चन्द्र थापाले जानकारी दिए ।

अभिभावक भेलामा जिल्ला समन्वय समिति मकवानपुरका खड्गबहादुर पुलामी  गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे । ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

प्रतिक्रिया