गाडीको ठक्करबाट वृद्धाको मृत्यु

पालिका डायरी
१६ माघ २०८०, २०:१६
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

कैलालीको अत्तरिया चौराहमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित चौराहमा बा १८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दा देवी नाथको मङ्गलवार दिउँसो मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार नविन दाना पोल्ट्री फर्मको गाडीले वृद्धालाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते भएकी पैदल यात्री नाथको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनलाई ठक्कर दिन गाडी र चालक गोदावरी नगरपालिका वडा नम्बर २ का दिनेश लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा मालाखेती प्रहरीले थप अनुसन्धान गर्दैछ।

प्रतिक्रिया