मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पालिका डायरी
१९ पुष २०८०, १३:११
accident palika

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुद्धोधन गाउँपालिका-३ दोगाना चोकमा लु.३२ प १००९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ दोगाना बस्ने २५ वर्षीय प्रलाद थारूको मृत्यु भएको प्रहरीले जनाएको छ

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया