पाँच लाख घूससहित वडाध्यक्ष पक्राउ

पालिका डायरी
२ पुष २०८०, १५:५४
पाँच लाख घूससहित वडाध्यक्ष पक्राउ

पाँच लाख घूससहित बाराबाट वडाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जीतपुर सिमरा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको छ।

कार्की ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका हुन्।  वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत ५ लाख लिएको इलाका प्रहरी कार्यालय सिमराले बताएको छ।

प्रतिक्रिया