हेटौंडाको जंगलमा झुण्डिएको अवस्थामा एकजना मृत फेला

पालिका डायरी
२१ कार्तिक २०८०, ११:४९
अर्धनग्न अवस्थामा महिलाको शव फेला

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगर-११ को पुन्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा एकजना पुरुष मृत फेला परेका छन् ।

आज बिहान परिचय नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शवलाई हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया