उपमहानगरले दियो साना किसानलाई ट्रयाक्टर

पालिका डायरी
२ कार्तिक २०८०, ११:२६

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले कृषि क्षेत्रमा लगानी गर्दै आएको सहकारीलाई अनुदानको ट्रयाक्टर बितरण गरेको छ ।

हेटौंडा–१९ बस्तिपुरमा रहेको साना किसान कृषि सहकारी संस्थालाई बुधबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले ट्रयाक्टर हस्तान्तरण गरेकी हुन् ।

उपमहानगरले हस्तान्तरण गरेको ट्रयाक्टर सहकारी संस्थाका अध्यक्ष सुनमाया दोङले बुझेकी हुन् । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा दिएको ट्रयाक्टरले सहकारीमा आवद्ध स्थानीयले गर्ने कृषिको काममा सहयोग पु¥याउने विश्वास लिइएको छ । ट्रयाक्टर हस्तान्तरण गर्दै नगर प्रमुख लामाले कृषि क्षेत्रको प्रर्वद्धनमा उपमहानगरले काम गरिरहेको बताइन् । हस्तान्तरण गरेको ट्रयाक्टरमा सहकारीको पनि ५० प्रतिशत लगानी रहेको छ ।

प्रतिक्रिया