अमेरिकामा आगलागीमा परी ६३ जनाको मृत्यु

पालिका डायरी
२७ श्रावण २०८०, ०८:५१
पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । त्यहाँ ८ सय भन्दा धेरै अग्नी नियन्त्रकसहित हेलिकप्टर परिचालन गरिएको छ । डढेलो निभाउन खटिएका नौ जना अग्नी नियन्त्रक घाइते भएका बीबीसीले जनाएको छ । गएको शनिवारदेखि शुरु भएको डढेलो उच्च तापक्रमका कारण फैलिनेक्रम रोकिएको छैन । त्यहाँ ६ हजार ७ सय हेक्टर जङ्गल नष्ट भएको छ । पोर्चुगलमा अस्ति सोमवार वर्षकै अधिकतम तापक्रम ४६ दशमलव ४ डिग्री सेल्सियस रेकर्ड भएको थियो । file photo

अमेरिकाको हवाई द्वीपको माउई काउन्टीको जंगलमा लागेको आगोबाट अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ। आगोको चपेटामा परी यहाँको ऐतिहासिक सहर लहाइना पूरै तरिकाले खण्डहर बनेको छ।

सयौं नागरिक बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यो राज्यको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो प्राकृतिक विपद्‌का रुपमा लिइएको छ।

आगोले भयंकर रुप लिएको छ। यसैबीच स्थानीयलाई आगोबाट भएको क्षतिको आकलन गर्न शुक्रबार केही समयका लागि घर फर्किन अनुमति दिइएको थियो।

यो साताको सुरुवातमा आगलागी सुरु भएको थियो। ऐतिहासिक सहरको अधिकांश भाग नष्ट भएको छ। सहरमा राति १० बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यू जारी गरिएको छ। केही क्षेत्रमा भने उद्धारकर्मीलाई जान भने प्रशासनले अनुमति दिएको छ।

प्रतिक्रिया