विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा पालिका स्तरिय वक्तृत्वकला : सुष्मा प्रजा भईन् प्रथम

पालिका डायरी
१४ जेष्ठ २०८०, २१:१९

मनहरी गाउँपालिका भित्र रहेका माध्यामिक बिधालयहरुका छात्र/छात्राहरु सहभागी रहेको कार्यक्रममा ५ वटा बिधालयका बिद्यार्थी सहभागी रहेका थिए ।”महिनावारी स्वच्छताको अभ्यास व्यवहारमा लागू गरौं” विषयक वक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय मावी सुनाचुरीका छात्रा सुष्मा प्रजा प्रथम भईन् ।

मकवानपुर महिला समूहको आयोजना, मनहरी गाउँपालिकाको समन्वय तथा राष्ट्रिय रोटरी माविको व्यवस्थापनमा मनहरी गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा रोटरी माबीका छात्रा रोजिना प्रजा द्धितीय भईन् । त्यस्तैगरी रोटरी माबीकै छात्रा उपमा स्याङ्तान र छात्र अनमोल बल क्रमशः तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल भएकाहुन् ।

सहभागीहरु बिच निक्कैनै कडा प्रतिस्पर्धा रहेको थियो । पहिलो स्थान हासिल गरेका राष्ट्रिय मा बि सुनाचुरीका छात्रा सुस्मा प्रजाको आखामा खुसिको आँसु स्पस्ट देखिन्थ्यो । केही समय अगाडि मात्र सुनाचुरी स्कुलमा भएको बक्तृत्वकला कार्यक्रममा रोटरीका रोजिना प्रथम भएकी थिई ।

कार्यक्रममा सहभागी बिद्यार्थीहरुले महिनावारी स्वच्छता किन आवस्यक छ ? महिनावारी भएका बेलामा महिलालाई किन माया र स्याहार आवश्यक पर्दछ भन्ने सन्दर्भलाई लिएर आ आफ्ना राय प्रस्तुती दिएका थिए ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै कालाखेतिले मनहरी गाउँपालिका भित्रका बिधालयमा गुणस्तरिय सेनितरी प्याड बितरण भएको छैन भने आफुलाई जानकारी दिन आग्रह गर्नुभयो । त्यस्तैगरी गाउँपालिकाले महिलाहरुलाई निशुल्क सेनिटरी प्याड बितरण गर्न नीति तथा कार्यक्रममै समाबेस गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

बिधालयका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेलले महिनावारी समाजमा सामान्य जस्तै भईसकेको भन्दै यो प्रक्रिया हाम्रो घरको आमा,दिदी,बहिनी र श्रीमती सबैमा चल्ने एउटा प्रक्रिया भएको भन्दै यसलाई सामान्य रुपमा लिन बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । त्यस्तै गरि बिधालयमा अध्ययनरत छात्राहरुलाई सेनिटरी प्याड चाहिएको बेलामा शिक्षकहरुसङ्ग पनि निर्धक्क भएर माग्न आग्रह गरे ।

कार्यक्रममा महेन्द्र किरण माबि,महेन्द्र ज्योती माबी हाडिखोला,राष्ट्रिय मा बि सुनाचुरी,राष्ट्रिय रोटरी माबी मनहरी र राष्ट्रिय माबी रमनटारका बिधालयको सहभागिता रहेको थियो ।

 

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मकवानपुर महिला समुहका अध्यक्ष कमला सुबेदिको बिशिष्ट अतिथ्यता रहेको थियो यस्तै गरि बिधालयका प्र अ गोबिन्द प्रसाद पौडेल,माईती नेपालका मकवानपुर प्रमुख माया लामा,हिमराईट्स मकवानपुर प्रमुख कुमारी वाईबा,सहभागी बिधालयका शिक्षक प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । वि व्य स अध्यक्ष शालिकराम बानियाँको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया