मन्त्रि श्रेष्ठद्वारा हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारसँग भेट र स्थलगत निरीक्षण

पालिका डायरी
१६ फाल्गुन २०७९
मन्त्रि श्रेष्ठद्वारा हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारसँग भेट र स्थलगत निरीक्षण

सिन्धुली  / बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंंगा नारायण श्रेष्ठले जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई भेटेका छन् ।

गत शनिवार सिन्धुलीको कमलामाई नगरपालिका १३ स्थित माथिल्लो रानिबासमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका ४० बर्षीय दण्डपाणि पौडेलको परिवारसँग भेटघाट तथा क्षती पुर्‍याएको ११ भन्दा बढि घरको मन्त्रि श्रेष्ठले स्थलगत निरिक्षण गरेका छन् । स्थानीयहरुसँग अन्तरक्रिया गर्दै श्रेष्ठले सुरक्षाका लागि स्थानीय जनसमुदायसँग मिलेर प्रहरी र बन रक्षकको गस्ती बढाउन निर्देशन दिएका छन् ।

हाल सुरक्षा गरिहेका जिल्ला प्रहरी,शशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई दोब्बर बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । यसै सन्दर्भमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, डिभिजन बन अधिकृतलाई जनतालाई हात्तीले गर्न सक्ने आक्रमणबाट सुरक्षित गर्न उच्छ सुरक्षा ब्यवस्था प्रबन्ध गर्न निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले स्थानियलाई हात्तीबाट हुन सक्ने क्षतिलाई मध्य नजर गर्दै सुरक्षित रहन बिज्ञहरुको सल्लाह अनुसार सुझाव दिएका छन् । श्रेष्ठले मृतकका परिवारलाई २ दिन भित्र राष्ट्रिय निकुञ्जबाट १० लाख क्षतिपूर्ति उपलब्ध गराउनुका साथै बागमती प्रदेश सरकारको तर्फबाट पनि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । साथै जंगली हात्तीको आक्रमण बाट घरहरुमा क्षति पुर्‍याएको र अन्नबाली नष्ट गरेको स्थानियलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने मन्त्रि श्रेष्ठले बताए ।

हात्तीले कमलामाई १३ का देबी देबकोटा, जय प्रसाद देबकोटा, चमार माझी, शिव कार्की, खिकराज देबकोटा, शर्मिला थापा, होममाया बोहरा, चन्द्रमाया बोहरा, तिलमाया थापा, प्रेम बहादुर भण्डारीको घरमा क्षती पुर्‍याएको छ भने तोप बहादुर बोगटीको धान र बन्दा नष्ट गरेको वडा अध्यक्ष केशर बहादुर कार्कीले बताए ।

प्रतिक्रिया