भीमफेदीमा यात्रुबाहक ईभी सडकबाट करिब ५०० मिटर तल खस्यो

पालिका डायरी
२६ कार्तिक २०८३, ०७:५४

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा यात्रुबाहक विद्युतीय (ईभी) गाडी दुर्घटना भएको छ।

बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको यात्रुबाहक ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

उक्त गाडीमा चालकसहित १३/१४ जना सवार रहेको खुलेको छ। दुर्घटनामा मानवीय क्षति भए/नभएको तथा घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया