पोखराबाट काठमाडौँ आउँदै गरेको गाडी धादिङमा पल्टियो, १ को मृत्यु, ९ जना घाइते

पालिका डायरी
१५ कार्तिक २०८३, ०८:०६
accident palika

धादिङमा दुर्घटनामा परेको माइक्रो बसले किच्दा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

घटनामा माइक्रोमा सवार अन्य ९ जना यात्रु पनि घाइते भएका प्रहरीले जनाएको छ।

गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा शनिबार साँझ
पोखराबाट काठमाडौँ आउँदै गरेको बा।प्र।०१(००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल कल्भर्टमा खसेको हो।

सडकबाट तल खसेको गाडीले सडकमा हिँडिरहेका स्थानीय ५० वर्षीय सिताराम अधिकारीलाई च्याप्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट उद्धार गरी उपचारका लागि अघिकारीलाई बैरेनी अस्पताल पठाइएको थियो। उपचारकै क्रममा गएराति पौने नौ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

गाडीमा चालकसहित १० जना सवार रहेकामा ९ जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ भने हाइस चालकलाई प्रहरी चौकी बैरेनीको नियन्त्रणमा लिएको छ।

बैरेनी अस्पतालमा उपचारका लागि पठाइएका घाइतेहरु 
1. जिल्ला लमजुङ मध्यनेपाल न.पा.८ बस्ने बर्ष ३० को सजन गुरुङ
2. जिल्ला सोलुखुम्वु महाकुलुङ गा.पा.१ बस्ने बर्ष अं.३१ को चन्द्र नाछिरिङ राई
3. जिल्ला स्याङ्जा अर्जुन चौपारी गा.पा. ४ बस्ने बर्ष २७ को नवराज चौलागाई
4. ऐ. ऐ. बस्ने बर्ष अं. २३ को युवराज पौडेल
5. जिल्ला सोलुखुम्वु महाकुलुङ गा.पा.३ बस्ने बर्ष २९ को भरत राई
6. जिल्ला भोजपुर रामप्रसाद राई गा.पा.१ बस्ने बर्ष २३ को सुरेन्द्र तामाङ
काठमाडौं ट्रमा सेन्टरमा रिफर गरिएका घाइतेहरु:
1. जिल्ला काश्की पोखरा म.न.पा.३१ बस्ने बर्ष तिला नेपाली
2. जिल्ला स्याङ्जा अर्जुन चौपारी गा.पा.४ बस्ने बर्ष ३३ कि सुनिता राई
3. जिल्ला काश्की मादी गा.पा.११ बस्ने बर्ष ३९ को राज कुमार ढकाल

प्रतिक्रिया