वर्षाका कारण सिस्नेरीमा पहिरो, हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक अवरुद्ध
Ai photo
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित पेट्रोल पम्प नजिकै पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार बिहान करिब १०:३० बजे अविरल वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। अवरुद्ध सडक खुलाउन जेसीबीको व्यवस्था गर्न सम्बन्धित पक्षसँग समन्वय भइरहेको जनाइएको छ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा उक्त सडकखण्ड भएर आवतजावत गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्। सडक खुलाउने प्रयास भइरहे पनि सडक सञ्चालनमा आउने समयबारे थप जानकारी प्राप्त भएको छैन।

प्रतिक्रिया

