भुटानमा हिमताल विस्फोट
भुटानको उत्तरी गासामा सिन्टाफु हिमताल विस्फोट भएको छ ।
त्यसपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
घटनापछि अधिकारीहरूले क्षतिको विवरण सङ्कलन र जोखिमको मूल्याङ्कन गरिरहेका छन् । तालबाट निस्किएको पानीको मात्रा र क्षतिको पूर्ण विवरण भने पुष्टि हुन बाँकी छ ।

प्रतिक्रिया

