मकवानपुरमा श्रीमान्-श्रीमतीबीच झगडा हुँदा श्रीमानकाे मृत्यु, श्रीमती पक्राउ

पालिका डायरी
१२ कार्तिक २०८३, १७:५०
अर्धनग्न अवस्थामा महिलाको शव फेला

मकवानपुरको बकैया गाउँपालिका–१ बाघफलमा श्रीमान्–श्रीमतीबीच झैझगडा तथा कुटपिट हुँदा श्रीमानकाे मृत्यु भएको छ।

प्राप्त जानकारीअनुसार, हिजो बुधबार करिब १ बजे स्थानीय ५३ वर्षीय टेकबहादुर मुक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मुक्तानबीच झैझगडा तथा कुटपिट भएको थियो। घटनामा टेकबहादुरको मृत्यु भएको मकवानपुर प्रहरिले जनाइएको छ।

घटनापछि प्रहरीले प्रेमकुमारीलाई नियन्त्रणमा लिएको छ। उनलाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण तथा झैझगडा कसरी सुरु भएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया