वडाध्यक्ष सिग्देलको पहलले फेरियो भृकुटीपथ(ख्वपगल्ली)को मुहार, साँघुरो गल्लीबाट हेटौँडाको व्यस्त व्यापारिक केन्द्रसम्म
हेटौँडा / जनप्रतिनिधिको इच्छाशक्ति, दूरदर्शिता र विकासप्रतिको प्रतिबद्धता भए एउटा साँघुरो गल्लीले समेत कसरी आफ्नो पहिचान बदल्न सक्छ भन्ने उदाहरण बनेको छ, हेटौँडा उपमहानगरपालिका–४ स्थित भृकुटीपथ (ख्वपगल्ली)कुनै समय साँघुरो र जीर्ण सडकका कारण समस्याग्रस्त रहेको ख्वपगल्ली आज हेटौँडाको व्यस्त व्यापारिक क्षेत्रका रूपमा विकसित हुँदै गएको छ।
हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले २०७४ सालमा निर्वाचित भएपछि आफ्नो विकास यात्राको सुरुवात नै भृकुटीपथ (ख्वपगल्ली )को सडक विस्तार तथा स्तरीकरणबाट गरेको बताए
तरकारी बजारका रूपमा परिचित भृकुटीपथ( ख्वपगल्ली)को सडक विस्तार र स्तरीकरणपछि यस क्षेत्रको भौतिक स्वरूपमा मात्र परिवर्तन आएको छैन, स्थानीय व्यापार, व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष सिग्देलको भनाइ छ।
उनले विगतमा साँघुरो सडक र अव्यवस्थित संरचनाका कारण समस्या भोग्दै आएका स्थानीय व्यवसायीहरू अहिले विस्तार भएको सडकसँगै व्यापारिक गतिविधिमा सक्रिय भएका छन्। भृकुटीपथ (ख्वपगल्ली )मा फेन्सी पसललगायत विभिन्न व्यवसाय विस्तार भएका छन् भने घरभाडा, कारोबार र रोजगारीका अवसरमा समेत वृद्धि भएको छ।
वडाध्यक्ष सिग्देलले विकासलाई केवल सडक निर्माण र भौतिक संरचनासँग मात्र जोडेर हेर्न नहुने धारणा राख्नुभएको छ। स्थानीय नागरिकको जीवनस्तर उकास्ने, व्यवसायलाई प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउने काम नै वास्तविक विकास भएको उनको बुझाइ छ।
भृकुटीपथ) ख्वपगल्ली )को रूपान्तरणलाई अझ व्यवस्थित र दिगो बनाउने उद्देश्यसहित वडाध्यक्ष सिग्देलले थप पूर्वाधार सुधारको तयारीसमेत अघि बढाएका छन
उनले केही समयभित्रै ख्वपेगल्लीमा सडक ओभरलेन तथा पेटी स्तरीकरणको काम अगाडि बढाइनेछ। यसले बजार क्षेत्रलाई थप व्यवस्थित, आकर्षक र पैदलयात्रीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विगतमा सम्पन्न कामलाई निरन्तरता दिँदै आगामी दिनमा पनि नागरिकको आवश्यकताअनुसार विकास निर्माणलाई प्राथमिकतामा राख्ने जनाका छन सिग्देलले सामाजिक सञ्जालमार्फत भृकुटीपथ (ख्वपेगल्ली ) को विगत र वर्तमान अवस्थाका तस्बिर सार्वजनिक गर्दै हामी हिजो पनि जनताको सेवामा थियौँ, आज पनि निरन्तर सेवामा छौँ र भोलि पनि जनसेवामै समर्पित रहनेछौँ भनेका छन
उनले जनताको विश्वास भाषण र आश्वासनबाट नभई प्रत्यक्ष देखिने कामबाट जित्नुपर्नेमा समेत जोड दिएका छन
हामीलाई कुराले होइन, कामले जित्नु छ। हाम्रो प्रतिबद्धता निरन्तर विकास र जनसेवा हो सिग्देलले उल्लेख गरेका छन
स्थानीय पूर्वाधार विकासलाई आर्थिक समृद्धिसँग जोड्ने सोचका साथ अघि बढेको भृकुटीपथ ( ख्वपेगल्ली )को रूपान्तरणलाई वडाध्यक्ष सिग्देलले आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ


