कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। बिहीबार मुख्यमन्त्री कँडेलमाथि अविश्वासको प्रस्ताव दर्ता भएको हाे।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १० सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम यो प्रस्ताव दर्ता गरिएको नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए।
बुधबार सत्तारुढ दल नेपाली कांग्रेसबाट सरकारमा सहभागी ४ जना मन्त्रीले राजीनामा दिएका थिए।
प्रतिक्रिया

