विदेशमा बसेका नागरिकले मत दिने विषयमा अध्ययन गर्नेछौँ : प्रधानमन्त्री

पालिका डायरी
१७ जेष्ठ २०८३, १४:२५
बिजुलीमा ५ प्रतिशत भ्याट ट्रान्सफर्मर फेर्न उपयोग गर्छौं: प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले बिदेशमा रहेका नागरिकलाई मताधिकारको अधिकार दिने विषयमा सरकारले अध्ययन गर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद् महावीर पुनले सोधेका प्रश्नको जबाफ दिँदै शाहले विगतमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार हुँदा पनि यो विषय उठेको स्मरण गरे।

‘विदेशबाट कसरी मत दिने हामी अध्यन गर्नेछौँ,’ उनले भने, ‘विश्वमा कतिपय मुलुकले राजदूतावास र मोवाइलबाट भोट दिने चलनको अभ्यास गरेका रहेछन्। के गर्दा ठिक हुन्छ, कसरी भोट दिने भनेर हामी अध्ययन गर्नेछौँ।’

प्रतिक्रिया