राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै उठेर हिडे प्रधानमन्त्री शाह
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाहबीचमै निस्किएका छन्।
राष्ट्रपतिले एक घण्टा १८ मिनेटसम्म नीति तथा कार्यक्रम बढेका थिए। तर, प्रधानमन्त्री ५६ मिनेटमा बाहिर निस्किएका हुन्। त्यसपछि उनी संसद् भवनमा प्रवेश गरेको देखिएको छैन।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका हुन्। प्रधानमन्त्री आफैँले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न हस्तान्तरण गरेका थिए।
उनको सिट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको दायाँतिर थियो। राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्दा पनि उनको सिट खाली थियो।

प्रतिक्रिया


