राक्सिराङमा खोलामा नुहाउने क्रममा डुबेर एक वृद्धको मृत्यु

पालिका डायरी
११ बैशाख २०८३, १०:५७
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिका–८ जलकुना खोलामा नुहाउने क्रममा एक वृद्धको डुबेर मृत्यु भएको छ।

बागमती प्रदेश प्रहरीका अनुसार राक्सिराङ गाउँपालिका–८ पाङथली निवासी करिब ६५ वर्षीय हरी बहादुर ब्लोन आफ्नै घरदेखि करिब १ किलोमिटर दक्षिणतर्फ रहेको जलकुना खोलामा नुहाउन गएका थिए। सो क्रममा खोलामा जमेको पानी भएको खोल्सामा डुबेर बेपत्ता भएका थिए।

स्थानीयवासीले घटनाबारे जानकारी गराएपछि प्रहरी चौकीबाट खटिएको टोली अपराह्न करिब ३ बजे घटनास्थलमा पुगेको थियो। खोजतलास गर्ने क्रममा ब्लोनलाई सोही खोल्सामा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

प्रतिक्रिया