बकैया खोलामा डुबेर एक जनाको मृत्यु
मकवानपुरको बकैया गाउँपालिकामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।
हिजो साेमबार दिउँसो करिब १:५० बजेको समयमा बकैया गाउँपालिका–८ र ३ को सिमानामा पर्ने बकैया खोलामा पौडी खेल्ने क्रममा एक व्यक्ति डुबेर मृत्यु भइको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बकैया गाउँपालिका–९ च्याउच्या बस्ने अन्दाजी ३५ वर्षीय लाक्पा भोलन रहेका छन् । उनी भतिजीसँग खोलामा गएका थिए। उनले भतिजीलाई खोलाको किनारमा राखी आफू पौडी खेल्न पानीमा पसेका थिए। सोही क्रममा उनी अचानक डुबेका थिए ।
घटनापछि स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया


