हेटौडा बसपार्क नजिक पुरुष मृत अवस्थामा फेला
हेटौडा उपमहानगरपालिका–१० बसपार्क क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक नाम, थर तथा स्थायी ठेगाना नखुलेको, मागी–खाई हिँड्ने जस्तो देखिने करिब ३०–३५ वर्ष उमेरको पुरुष आईबार (हिजो) बिहान मृत अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
घटनाबारे खबर प्राप्त भएपछि प्रहरी टोलीले तत्काल अनुसन्धान सुरु गरेको छ। मुचुल्का कार्य सम्पन्न भएपछि शव हेटौडा अस्पताल पठाइएको र शव अस्पतालको शवगृहमा राखिएको प्रहरी कार्यालयले जानकारी दिएको छ।
घटनाको सम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया



