सुनको मूल्य अहिलेसम्मकै उच्च, पुग्याे एक लाख ९१ हजार

पालिका डायरी
८ बैशाख २०८२, १३:१७
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य आज फेरि अहिलेसम्मकै उच्च बनेको छ । विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो ।

सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । चाँदीकाे मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत साता ६ दिनमै सुन तोलामा १६ हजार रुपैयाँ बढेको थियो । गत साताको बुधबार सुन तोलामा २७ सय र बिहीबार तीनहजार ६ सय रुपैयाँ बढेको थियो । त्यस अघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो ।

अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया