एकैदिन ५ हजार ७ सय रुपैयाँले बढ्यो सुनकाे मूल्य, सुन अहिलेसम्मकै महँगो

पालिका डायरी
२८ चैत्र २०८१, ११:१६
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

बुधबार तोलामा दुई हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच हजार सातसय रुपैयाँ बढेको छ । मूल्य बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ ।

सुनको मूल्य आज प्रतितोला एक लाख ८१ हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यववसायी महासंघले जनाएको छ । चार दिन लगातार घटेको सुनको मूल्य बुधबार पनि प्रतितोला दुई हजार रुपैयाँ बढेको थियो ।

गएको चार दिनमा छ हजार ९ सय रुपैयाँ घटेको सुनको मूल्य आज एकैदिनमा पाँच हजार ७ सय रुपैयाँ बढेपछि अहिलेसम्मकै महँगाे बनेकाे हाे । गएको शुक्रबार देखि मंगलबारसम्म सुनको मूल्य लगातार घटेको थियो । गत साताको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर एक हजार नौसय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया