स्वास्थ्य स्वयंसेविकाहरूको सुविधा र सुरक्षाको माग गर्दै जिफन्टद्वारा अर्थमन्त्रीलाई बुझायो मागपत्र

पालिका डायरी
२६ चैत्र २०८१, २१:५९

हेटौंडा /  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले स्वास्थ्य स्वयंसेविकाहरूको उचित सुविधा र सामाजिक सुरक्षा लगायतका विषयमा जोड दिनुपर्ने माग अघि सारेका छन्। आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरी नेपाललगायत जिफन्टमा आबद्ध घटक नेपाल स्वास्थ्य स्वयंसेविका संघ (नेवा) केन्द्रीय समितिको तर्फबाट नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई उक्त मागपत्र बुझाइएको हो।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मागपत्र ग्रहण गर्दै विगतमा स्वयंसेविकाहरूले पाएका थप सेवा-सुविधाहरू आफैं अर्थमन्त्री भएको बेलामा प्रदान गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि महिला स्वयंसेविकाहरूलाई थप उपलब्धि हुने गरी काम अघि बढाउने आश्वासन दिएका छन्।

मागपत्र बुझाउने क्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले स्वयंसेविकाहरूले पाएका प्रत्येक सेवा-सुविधा दोब्बर बनाउनुभएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि आफूहरू गर्व गर्न सक्ने गरी स्वयंसवेविकाहरूका मागहरू मन्त्रालयले बजेटमा समेट्न आग्रह गरेका छन्।

प्रतिक्रिया