४ दिनसम्म लगातार घटेको सुनको मूल्य आज बढ्यो

गएका चारदिन लगातार घटेको सुनको मूल्य आज बढेको छ । चाँदी पनि आज महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य आज प्रतितोला दुईसय रुपैयाँ बढेर एकलाख ७३ हजार पाँच सय रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य एकलाख ७३ हजार तीनसय रुपैयाँ थियो ।
हिजो २ सय रुपैयाँ घटेको सुनको मूल्य आज दुईसय रुपैयाँ नै बढेको हो । गएको सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७३ हजार पाँचसय रुपैयाँमा झरेको थियो ।
यही चैत ६ गते सुनको मूल्य एक लाख ७६ हजार रुपयाँ पुगेको थियो । सुनको यो मूल्य आजसम्मकै सबैभन्दा धेरै हो । महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ । चाँदीको मूल्य आज तोलाको एक हजार नौसय ९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया