नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

चितवनको नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।
शनिबार (आज) दिउँसो १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए ।
उनका अनुसार अन्दाजी २५/३० बर्षका पुरुष हाम फालेको भन्ने प्रत्यक्षदर्शीले बताएका छन् । उनको पहिचान खुलेको छैन । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया