हेटौंडामा डेरा लिएर अनलाईन ठगी, ९ जना पक्राउ

पालिका डायरी
२३ श्रावण २०८१, १४:३३

हेटौंडा / अनलाईन मार्फत् ठगीको अभियोगमा ९ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको हो । हेटौंडाा–४, पारिजातपथमा रहेको प्रमोद वाग्लेको घरको पाँचौं तला भाडामा लिएर अनलाईन मार्फत् ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (एसपी) सिताराम रिजालले जानकारी दिए ।

मेडि असिष्ट नामको कम्पनी मार्फत् अनलाईन ठगी कार्य भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख रिजालले बताए । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पटनाका ५७ बस्ने २८ वर्षीय नवनित कुमार, झारखण्डका २९ वर्षीय विकास कुमार सिंह, २८ वर्षीय अरुण कुमार, झारखण्डका २७ वर्षीय शाहरुख खान, बिहारका २९ वर्षीय कुन्दन कुमार, उत्तारखण्डका २६ वर्षीय आशिष कब्डौला, झारखण्डका ३४ वर्षीय विशाल कक्कड, झारखण्डका ३८ वर्षीय लोकेश कुमार दुवे र उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मा रहेको छन् ।

पक्राउ परेका उनीहरुको साथबाट विभिन्न कम्पनीका ल्यापटप ७ थान, राउटर ३ थान, मोवाईल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाईरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान बरामद भएको छ ।

पक्राउ परेका उनीहरु माथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१), (२) विपरित कसुर अपराध गरेको मुद्दा दायर गरी मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रतिक्रिया
Messenger_creation_e2b83b00-4837-4bed-a8bb-b71d612ef812