सांसद सिंहले गरे एक बर्षको तलब आँखा अस्पताललाई हन्तान्तरण (भिडियाे)
हेटाैडा / प्रतिनिधि सभा सांसद दिपक बहादुर सिंहले हेटौंडा सामुदायिक आँखा अस्पताललाई आफ्नो तलब सुविधाको रकम आँखा अस्पताललाई हस्तान्तरण गरेका छन्।
पूर्वाधार विकास समिति सभापति समेत रहेका सिंहले एक बर्षको अवधिमा जम्मा भएको तलब सुविधाको रकम अस्पताललाई हस्तान्तरण गरेका हुन्। सांसद सिंहले मंगलबार तिलगंगा आखा अस्पतालका संचालक र योजनाकार नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुईतलाई ९ लाख ९९ हजार ९ सय ९९ रुपैँया हस्तान्तरण गरेका हुन्। तलब सुविधाबाट प्राप्त ६ लाख १२ हजार रुपैंयामा बाँकी रकम थप गरेर हस्तान्तरण गरिएको सांसद सिंहले बताए। उनका अनुसार ३ लाख ८७ हजार रुपैंया थप गरी उनले सो रकम हस्तान्तरण गरेका हुन्।
मकवानपुर क्षेत्र१ बाट निर्वाचित सांसद सिंहले ४ मंसिर २०७९ मा सम्पन्न आम निर्वाचनमा होमिदा राज्यको तलब सुविधा बापतको रकम सामाजिक कार्यमा खर्चने बताएका थिए। सोही बोलीलाई पूरा गर्दै रकम आँखा अस्पताललाई हस्तान्तरण गरिएको उनले बताए।
हेटौंडा सामुदायिक आँखा अस्पतालमा मकवानपुर सहित बारा, पर्सा, रौतहट र भारतबाट समेत विरामीहरु आँखाको जाँच गराउन आउने गरेका छन्।