बागमती किनारमा पुरुषको शव

पालिका डायरी
२० श्रावण २०८१, ११:४१

ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आज बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालयनजिक बागमती किनारमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो ।

‘शव घोप्टो परेको अवस्थामा भेटिएको छ, बाढीले बगाएको जस्तो देखिएको छ । शव धेरै पुरानो जस्तो पनि देखिँदैन’, एसपी सुवेदीले भने, ‘पोस्टमार्टमका लागि अस्पताल लाने तयारी गरिरहेका छौँ ।’

अहिलेसम्म शवको पहिचान खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
bewarise sab phela