बल्खु पुल मुनी एक पुरुषको शव फेला

पालिका डायरी
१६ श्रावण २०८१, १०:१०
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

काठमाडौं / काठमाडौंको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ ।

बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ । बाँके घर भई मृतक सुकुम्वासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो ।

कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । मृतका आफन्त पनि सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।

मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न खोला किनारा डुबानमा परेको छ ।

प्रतिक्रिया