रोसी किनारमा नग्न अवस्थामा महिलाको शव फेला
काभ्रेको रोसी नदीमा नग्न अवस्थामा एक महिलाको शव फेला परेको छ ।
शनिबार साँझ तेमाल गाउँपालिका- ८ पानथलीस्थित रोसी नदी किनारमा शरीरमा कपडा नभएको अवस्थमा महिलाको शव फेला परेको हो। उक्त शव रोसी गाउँपालिका- ९ चिउरीवास निवासी छत्रबहादुर लामाकी पत्नी ४० वर्षीया आरती लामाको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
छत्रबहादुरले घटनास्थलमा पुगेर शवको सनाखत गरेका हुन् । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण खुलेको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया


