सौर्य एयर दुर्घटना : मृतकको पोस्टमार्टम थालियो, शव तीन दिन पछि मात्रै दिइने

पालिका डायरी
९ श्रावण २०८१, १८:४९
सौर्य एयर दुर्घटना : मृतकको पोस्टमार्टम थालियो, शव तीन दिन पछि मात्रै दिइने

बुधबार (साउन ९) बिहान भएको सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार, साँझ ५ बजेबाट पोस्टमार्टम सुरु गरिएको हो ।

मृतकहरूको जतिसक्दो छिटो पोस्टमार्टम सक्नेगरी निरन्तरता दिइने अस्पतालले जनाएको छ । मृतकका आफन्तहरू त्रिवि शिक्षण अस्पताल परिसरमा छन् । आफन्त गुमाएका उनीहरू भावविह्वल अवस्थामा शव कुरेर बसिरहेका छन् ।

विमान दुर्घटना हुँदा सवार १९ मध्ये १८ जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् । घाइते भएका पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ।

प्रतिक्रिया