नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र ट्याकंर ठोक्किँदा १६ जना घाइते

पालिका डायरी
५ श्रावण २०८१, १८:२१
नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र ट्याकंर ठोक्किँदा १५ जना घाइते

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याकंर ठोक्किँदा १५ जना घाइते भएका छन् ।

शनिबार दिउँसो उक्त सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोकिएको चितवन प्रहरीले जनाएको छ । नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल टयाङ्करको एकापट्टीको भागमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका १५ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एवं डीएसपी भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार, घाइते मध्य १० जनालाई नयाँ मेडिकल कलेजमा भर्ना गरिएको छ। तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने ९ जना मध्यम घाइते छन् । यसैगरी पुरानो मेडिकल कलेजमा १ जना र सरकारी अस्पतालमा ४ जनालाई भर्ना गरिएको छ । उनीहरुको अवस्था मध्यम रहेको छ ।

प्रहरीका अनुसार घाइतेहरुको परिचय खुलिसकेको छैन । दुवै सवारी साधन प्रहरी नियन्त्रणमा लिइएको डीएसपी रिजालले बताए ।

प्रतिक्रिया