मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट वृद्धा घाइते

पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९, खरङगामा आज बिहान ट्रकले ठक्कर दिँदा एक वृद्धा घाइते भएका छन् ।
घाइते हुनेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १०, बागुने घर भई हाल मनहरी–९, खरङ्गा बस्ने ६३ वर्षीया सेतिमाया बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान सवा ९ बजेको समयमा बाटो काट्ने क्रममा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ८००९ नम्वरको धान लोड गरेको ट्रकले ठक्कर दिँदा उनी घाइते भएकी हुन् ।
ट्रकको ठक्करबाट उनको बाँया खुट्टा भाँच्चिएको छ । उनलाई तत्काल उद्धार गरी उपचारको लागि मनहरी अस्पताल पठाएको थियो । उनलाई त्यहाँ सामान्य उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुरस्थित एलाईभ अस्पतालमा पठाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रहरीले ट्रक र ट्रक चालक धादिङको सिद्धलेख गाउँपालिका वडा नम्वर ३ बस्ने अन्दाजी ३१ वर्षीय हरिप्रसाद लोहनीलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
