चितवनबाट वीरगन्ज जाँदै गरेको बस बारामा पल्टियो, ११ जना घाइते

पालिका डायरी
१ श्रावण २०८१, १२:१९
चितवनबाट वीरगन्ज जाँदै गरेको बस बारामा पल्टियो, ११ जना घाइते

चितवनबाट पर्साको वीरगन्ज जाँदै गरेको बस आज (मंगलबार) बिहान बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन् । ना ७ ख ६०७६ नम्बरको बस सिमरा-जितपुर सडकअन्तर्गत परवानीपुरमा पल्टिएको हो ।

दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
प्रतिक्रिया