त्रिशूलीमा बेपत्ता थप एक यात्रुको शव भेटियो, मृतकको संख्या १५ पुग्यो, अझै ४७ जना भेटिन बाँकी

पालिका डायरी
१ श्रावण २०८१, १०:५६
त्रिशूलीमा बगेका बसका थप २ यात्रुको शव फेला, दुवै पुरुष file photo

मुग्लिन-नारायणघढ सडकअन्तर्गत सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा खसेका २ बससँगै बेपत्ता यात्रुमध्ये आज (साउन १ गते) थप एक जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बलले दिएको विवरणअनुसार खोजीका क्रममा पछिल्लोपटक आज बिहान पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका–७ नारायणी नदीमा थप एउटा पुरुषको शव फेला परेको हो । उनको पहिचान खुलिसकेको छैन । योसँगै शवको संख्या १५ पुगेको छ । अब अझै ४७ जना भेटिन बाँकी छन् ।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा प्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना र काठमाडौँबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ जना गरी जम्मा ६५ यात्रु बससँगै त्रिशूलीमा खसेका थिए ।

तीमध्ये तीन जना पौडिएर बँच्न सफल भए भने बाँकी ६२ जना बेपत्ता थिए। तीमध्ये अहिलेसम्म १५ जना मृत फेला परेका हुन् । दुई बस र बाँकी ४७ यात्रुको खोजी जारी छ।

प्रतिक्रिया