हेटौंडामा स्कुटर दुर्घटना: ६५ वर्षीय चालक गम्भीर घाइते

पालिका डायरी
३१ असार २०८१, १२:०३
accident

हेटौंडा /  आज ( सोमबार) बिहान पशुपतिनगरबाट हेटौंडा बजार तर्फ आउँदै गरेको एक स्कुटर अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेमा मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं. ९ लामसुरे निवासी ६५ वर्षीय मोहन प्रसाद आचार्य रहेका छन् । आचार्यलाई प्राथमिक उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर टाउँकोमा गम्भीर चोट लागेको कारण थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर, चितवन रिफर गरिएको बागमती प्रदेश कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

प्रहरीले  बा.प्र.३–००५ प ६५८३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको जनाएको छ ।

प्रतिक्रिया