झण्डै ६ किलो कोकिनसहित ठमेलबाट मलेसियन नागरिक पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका–२९ स्थित ठमेलको एक होटलबाट प्रतिबन्धित लागूऔषध कोकिनसहित एक महिला पक्राउ परेकी छिन् ।
नेपाल रुपैयाँ २० करोड ३७ लाख बराबर मूल्य पर्ने ५ केजी ८ सय २० ग्राम कोकिनसहित प्रहरीले ४७ वर्षीया मलेसियन नागरिक पक्राउ परेकी हुन् । काठमाडौँ प्रहरी परिसरले ती महिलालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
प्रतिक्रिया


