गैंडाकोटको थुम्सीमा भेटिए दुई वटा शव

पालिका डायरी
२९ असार २०८१, १६:२३
सिभिल अस्पतालकी डाक्टर इमाडोलमा मृत भेटिइन् file photo

गैंडाकोटको थुम्सीमा २ वटा शव फेला परेको छ ।

नदी किनारमा दुई वटा शव भेटिएको भन्दै स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।  नदी किनारमा दुई वटा शव भेटिएको, तर पहिचान नखुलेको प्रहरी निरीक्षक सुदीप भण्डारीले बताए ।

उनका अनुसार ती शव दुई दिनअघि चितवनको सिमलतालमा बेपत्ता भएको बसका यात्रु हुन सक्ने अनुमान गरिएको छ ।

गैंडाकोट नगरपालिका वडा नम्बर ७ गैरी नजिक गैह्रीमा शव भेटिएको हो । ‘यो स्थान महेन्द्रराजमार्गको थुम्सी नजिक हो,’ प्रहरीले भन्यो, ‘स्थानीय र प्रहरी खटिएका छन् ।’

प्रतिक्रिया