योगेशले प्रचण्डलाई भने– अब तपाईंको उथलपुथलले काम गर्दैन

नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले केही हुन नसक्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले प्रचण्डको जीवन नै उथलपुथल भएको दाबी गरे । ‘अरुलाई दोष दिएर उम्कने ठाउँ छ जस्तो लाग्दैन । म कमरेड प्रचण्डलाई भन्न चाहन्छु तपाईंको जीन्दगी उथलपुथल नै छ। तर, हिजो तपाईंको उथलपुथलको औचित्य थियो होला। तर, अब त्यो उथलपुथले थचक्क बस्नुबाहेक केही देखिँदैन । अब उथलपुथलले काम गर्दैन,’ उनले भने ।
साथै, उनले प्रचण्डलाई बलियो प्रतिपक्ष बन्नका लागि कांग्रेस र एमालेले सुवर्ण अवसर समेत दिएको उनले बताए ।
प्रतिक्रिया