गोलाघाटस्थित नारायणीको टापुमा भेटियो अर्को शव

पालिका डायरी
३० असार २०८१, १०:२१

गोलाघाट नजिकै एउटा शव भेटिएको छ ।

गोलाघाटमा नारायणी र राप्ती नदी मिसिन्छन् । नदीको टापुमा एउटा शव भेटिएको जानकारी पाएपछि सुरक्षाकर्मी त्यसतर्फ लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइवटा बसहरु त्रिशूली नदीमा खसेपछि तीन जना यात्रु पौडिएर निस्किएका थिए । खोजी गर्दै जाँदा अहिलेसम्म एक भारतीय सहित ३ जनाको शव भेटिएर सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

शनिबार गालाघाटमै भारतीय नागरिक ऋषि पाल साहको शव भेटिएको थियो । उनी गणपति यातायातको बसमा चढेको खुलेको थियो । शनिबार गैँडाकोटमा दुई जनाको शव भेटिएको थियो ।

ती शवहरू माडी–१ का २२ वर्षीय विकास परियार र अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको खुलेको छ । विकास एन्जल डिलक्स र रमित गणपति ट्राभल्सको बसमा सवार रहेको खुलेको छ।

प्रतिक्रिया