भक्तपुरमा दुई स्कुटर ठोकिँदा एक जनाको मृत्यु

पालिका डायरी
२५ असार २०८१, १७:२०
accident

भक्तपुरको गुन्डूमा दुई वटा स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ। आज बिहान सवा ६ बजे प्र २ ०२२ प १७ ४८ र प्र २ ०१७  प ५० १२ नम्बर प्लेटको स्कुटर एक आपसमा ठोकिँदा कटुनजेका राम राजा थापा मगरको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका अनुसार मृत राजा राम थापा मगर सूर्यबिनयक नगरपालिका-५, कटुन्जेका २२ वर्षीय बसिन्दा हुन्।  राजा राम प्र २ ०२२ प १७ ४८ नम्बर प्लेटको स्कुटरमा यात्रा गर्दै थिए।

कार्यालयका अनुसार मृत थापा मगरलाई टाउकोमा चोट लागे पछि भक्तपुर अस्पताल लगिएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक डीएसपी राजन कार्कीले प्र २ ०१७  प ५० १२ मा सवार ४९ बार्षिया पार्वती नगरकोटीलाई उपचारका लागि मध्यपूर अस्पताल लगिएको बताए।

उनका अनुसार पार्वती नगरकोटीलाई सामान्य घाउ चोट लागेको छ। डीएसपी राजन कार्कीका अनुसार दुर्घटनाका बारे अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया