बकैयामा ३ वर्षीया बालिका तातो पानीले पोली गम्भीर घाइते

पालिका डायरी
११ बैशाख २०८१, १०:४९
palika diary

हेटौंडा /  मकवानपुरकाे  बकैयामा तातो पानीले पोल्दा एक बालिका गम्भिर घाइते भएकी छिन् ।

बकैया गाउँपालिका वडा नम्बर ६ ज्यामिरे स्थित अन्जित तामाङको ३ वर्षीय छोरी पेम्बा मोक्तान तातो पानीले पोली गम्भिर घाईते भएकी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

सोमबार उनको घरमा  कुखुरा काटेर कुखुरा सफा गर्नको लागि भाँडामा उमालेर राखेको पानीले पोली घाईते भएकी थिइन् । उनलाई हिजो दिउसो उपचारको लागि हेटौंडा अस्पताल लेराएको थियाे तर अवस्था गम्भीर भएका कारण थप उपचारका लागि किर्तिपुर अस्पताल काटमाण्डौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

बालिकाको अन्दाजी शरीरको ९८ प्रतिशत भाग पोलेको र अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया