भैँसे–हेटौँडा सडकखण्डमा टिपर दुर्घटना, चालकको उद्धार प्रयास जारी

पालिका डायरी
५ चैत्र २०८०, १२:३४
भैँसे–हेटौँडा सडकखण्डमा टिपर दुर्घटना, चालकको उद्धार प्रयास जारी

मकवानपुरको भीमफेदी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालक च्यापिएका छन् । उनको उद्धार प्रयास भइरहेको छ ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार भीमफेदी गाउँपालिका– १ खोप्लाङस्थित भैँसे–हेटौँडा सडकखण्डमा टिपर दुर्घटना भएको हो ।

रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुंगाखानीबाट ढुंगा लिएर फ्याक्ट्रीतर्फ आउँदै गरेको ना.८ख ८९१० नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको छ ।

टिपरचालक जिल्ला हटौँडा उपमहानगरपालिका– १५ भोर्लेका ४३ वर्षीय वीरबहादुर वाइबा च्यापिएको अवस्थामा रहेको र उनको उद्धारको प्रयास भइरहेको प्रवक्ता भण्डारी जानकारी दिए ।

उद्धारमा जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको टोली र नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर सुपारेटार ब्यारेकबाट सेनको टोली खटिएको छ ।

प्रतिक्रिया