हेटौंडामा ट्याक्टर दुर्घटना, एक गाईको मृत्यु

पालिका डायरी
२७ फाल्गुन २०८०, १३:४२
accident palika

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ राईटोलमा हिजो शनिबार ट्रयाक्टर दुर्घटना भएको छ ।

हेटौंडा ६ राईटोलमा धुर्ब लामिछानेको गाईगोठमा ट्रयाक्टर ठोक्किएको हो । ट्रयाक्टर दुर्घटना हुँदा गोठमा बाँधि राखेको एक वटा जर्सी गाईको घटनास्थलमै मृत्यु भएको छ भने अर्को एक वटा जर्सी गाई घाइते भएको छ । साथै बलराम डोटेलको घरको ढोका र झ्यालमा समेत क्षति पुगेको छ । मानवीय क्षति भने नभएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ। 

राईटोलबाट चौघडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ त १३ नम्बरको सेफ्टी ट्याङ्की ट्रयाक्टर आफै अनियन्त्रित भई सडकबाट करिब १०–१५ मिटर तल खसेको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ट्रयाक्टर चालक भने फरार रहेको बताइएको छ ।

प्रतिक्रिया