काभ्रेमा श्रीमतीद्वारा श्रीमानको हत्या, श्रीमती पक्राउ

पालिका डायरी
२६ फाल्गुन २०८०, १३:४४
होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

काभ्रेमा कुटपिट गरी श्रीमानको हत्‍या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ।

नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरमा शनिबार बिहान ५९ वर्षीय धनबिर दमाईको हत्या भएको छ। ४० वर्षीया श्रीमती कमला परियारले मादक पदार्थ सेवन गरी निगालोको लाठीले श्रीमानको टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ भने कमलालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए।

प्रतिक्रिया