चरेस र नगद रकमसहित दुई जना पक्राउ
file photo
हेटौंडा / धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ५ बाट लागूऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक धादिङ जिल्ला गजुरी गाउँपालिका–४ का ३६ वर्षीय विजय प्रजा र सोही मोटरसाइकलको पछाडि सवार गर्ने धादिङ जिल्ला गजुरी गाउँपालिका–४ कै ३२ वर्षका सुरज तामाङ रहेका छन् । उनिहरुलाई हिजो शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
माने भन्ज्याङ बाट मलेखुतर्फ जाँदै गरेको बा.प्र.०२–०३० प ७०२५ नम्बरको मोटरसाइकललाई गस्ती टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध चरेस ४ के.जि ५३५ ग्राम र रु ३०,००० (तीस हजार ) नगदसहित बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रतिक्रिया


