रास्वपा सरकारमा अझ शक्तिशाली, चार मन्त्रालय हातपार्यो

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्वमा गठित नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझ शक्तिशाली बनेको छ।
गत पुस १० मा तीनवटा मात्र मन्त्रालय पाएको रास्वपाले यसपटक चार मन्त्रालय हात पारेको छ। रास्वपाका उपसभापति डोलप्रसाद अर्यालका अनुसार पार्टीले उपप्रधानमन्त्रीसहित गृह, श्रम तथा रोजगार, शिक्षा र खेलकुद मन्त्रालय पाएको छ।
नयाँ गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी छन्। गत पुसमा गठबन्धन हुँदा रास्वपालाई तीन मन्त्रालय दिइएको थियो।
अहिले थपिएको युवा तथा खेलकुद मन्त्रालयको जिम्मा सांसद विराजभक्त श्रेष्ठलाई दिइएको छ। रास्वपाका २१ सांसद रहनुका साथै प्रतिनिधिसभामा यो दल निर्णायक बनेकाले थप मन्त्रालय पाएको बताइएको छ।
प्रतिक्रिया