माओवादीबाट श्रेष्ठ, शर्मा र बस्नेत दोहोरिने, श्रेष्ठलाई परराष्ट्र मन्त्रालय

पालिका डायरी
२३ फाल्गुन २०८०, १५:४६
माओवादीबाट श्रेष्ठ, शर्मा र बस्नेत दोहोरिने, श्रेष्ठलाई परराष्ट्र मन्त्रालय

माओवादी केन्द्रले गठबन्धनमा आफ्नो पार्टीबाट तीनजना मन्त्रीलाई दोहोर्याउने निर्णय गरेको छ।

रेखा शर्मा, नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत यसपटक पनि मन्त्रिपरिषद्मा समावेश हुने भएका छन्। नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सारिने भएको छ भने रेखा शर्मा र शक्ति बस्नेतलाई क्रमशः सूचना तथा सञ्चार प्रविधि र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइने छ।

तर शर्मा र बस्नेतको मन्त्रालय भने अघिल्लै रहने उच्च स्रोतले बताएकाे छ

 

प्रतिक्रिया
3 photos maobadi