राँगाको आक्रमणबाट ७३ वर्षीया वृद्धा घाइते

पालिका डायरी
२३ फाल्गुन २०८०, १३:१८
राँगाको आक्रमणबाट ७३ वर्षीया वृद्धा घाइते AI Photo

हेटौंडा / धुनिवेशी नगरपालिका वडा नं. ९ जुगेडीमा रामेश्वर राईको राँगा फुस्की बाटोमा आई ७३ वर्षीया नानि राईलाई आक्रमण गरेको छ।

राँगाको आक्रमणबाट घाइते भएकी राईलाई उपचारका लागि काठमाडौं लगिएको छ। घटनास्थलमा रहेका स्थानीयवासीका अनुसार राँगा फुस्की बाटोमा हिँडिरहेकी राईमाथि राँगाले अचानक आक्रमण गरेको थियो।

राँगाको आक्रमणबाट शरीरको विभिन्न भागमा चोट लागेकी राईको अवस्था मध्यम रहेको बताइएको छ। घाइते राई हल्का बोल्न सक्ने तर बाहिरी चोट नदेखिएको अवस्थामा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

प्रतिक्रिया